काठमाडौँ गोर्खाज र वर्ल्डलिंकबिच शीर्ष प्रायोजन सम्झौता
काठमाडौँ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीसँग शीर्ष प्रायोजन (टाइटल स्पोन्सर) सम्झौता गरेको छ।
वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाबीच सोमबार औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता कार्यक्रममा बोल्दै वर्ल्डलिंकका अग्रवालले भने, “क्रिकेट अहिले नेपालमा सबैभन्दा लोकप्रिय खेल हो, जसले सबै उमेर समूहका दर्शकलाई आकर्षित गरेको छ। हामीले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएका छौँ। अब काठमाडौं गोर्खाजसँगको सहकार्यले त्यो साथलाई थप व्यावसायिक तहमा विस्तार गर्न पाउँदा खुशी लागेको छ।”
उनले नेपाल प्रिमियर लिगजस्ता लिगहरूसँग निजी क्षेत्रको साझेदारी दीर्घकालीन प्रगतिको आधार बन्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, काठमाडौं गोर्खाजका निर्देशक सिरोहियाले भने, “कुनै पनि लिगको सफलता त्यसमा ठूला कम्पनीहरूको सहभागितासँग जोडिएको हुन्छ। वर्ल्डलिंक जस्तो प्रतिष्ठित ब्रान्ड हाम्रो टोलीमार्फत एनपीएलसँग आबद्ध हुनु गौरवको विषय हो। यस साझेदारीसँगै हामीले नयाँ लक्ष्यहरू तय गरेका छौँ र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।”
आगामी सिजनका लागि काठमाडौं गोर्खाजले नेपाल राष्ट्रिय टोलीका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ। टोलीले करण केसीलाई मार्की खेलाडीको रूपमा राख्नुका साथै भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई पनि रिटेन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026