फेरि ‘कहाँ भेटिएला’ बन्ने, मुख्य भूमिकामा माग्ने बुढा
बुधबार, ३२ असार २०८२, १९ : ३९
काठमाडौँ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको चर्चित फिल्म ‘कहाँ भेटिएला’को नामबाट फेरि फिल्म निर्माण हुने भएको छ । शक्ति नमोबुद्ध फिल्मस् प्रालीले यस नामबाट अहिले फिल्म बनाउन लागेको हो ।
चलचित्र विकास बोर्डबाट शक्ति नमोबुद्धले फिल्म निर्माणका लागि इजाजत समेत लिइसकेको छ । मिलन तामाङ, निर्माता निर्देशक रहेको फिल्ममा केदार प्रसाद घिमिरे (माग्ने बुढा), धिरज मगर, बुद्धि तामाङ, स्यामा श्री शेर्पालगायत कलाकार रहने उल्लेख गरिएको छ ।
स्वर्गीय अभिनेता श्रेष्ठ अभिनित ‘कहाँ भेटिएला’ एक दशक अगाडि निर्माण भएको थियो । स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशित फिल्मबाट श्वेता खड्काले अभिनेत्रीको रूपमा डेब्यु गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण