सिरियामा इजरायली आक्रमण : एक सर्वसाधारणको मृत्यु, १८ जना घाइते
सारांश
- इजरायली सेनाले दमास्कसस्थित राष्ट्रपति भवन र सैन्य मुख्यालयमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ।
- सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा एक सर्वसाधारणको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
- इजरायलले सिरियामा ड्रुज समुदायको सुरक्षाको लागि हस्तक्षेप गरेको दाबी गरेको छ, जसलाई सिरियाली सरकारले गैरकानुनी भनेको छ।
दमास्कस । इजरायली रक्षा बल (आईडीएफ) ले सिरियाको राजधानी दमास्कसमा रहेको राष्ट्रपति भवनको वरपर र सैन्य मुख्यालयलाई लक्षित गरी हवाई आक्रमण गरेको पुष्टि गरेको छ। इजरायली सेनाले एक्समा पोस्ट गर्दै उक्त क्षेत्रमा रहेको ‘सैन्य लक्ष्यमा प्रहार गरिएको’ जनाएको हो।
इजरायली आक्रमणबाट एक सर्वसाधारणको मृत्यु भएको र १८ जना घाइते भएको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आक्रमणपछि दमास्कसको आकाशमा बाक्लो धुवाँ देखिएको छ।
_x8q0NTjlSe.webp)
आईडीएफले दक्षिण सिरियामा ड्रुज समुदायमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै आफूले अवस्थामाथि निगरानी गरिरहेको बताएको छ। पछिल्ला दिनहरूमा इजरायलले ड्रुज अल्पसंख्यक समुदायको सुरक्षा गर्न भन्दै सिरियाली भूभागमा हस्तक्षेप गर्न थालेको दाबी गर्दै आएको छ।
सिरियाली सरकारबाट यसपटकको आक्रमणमा प्रत्यक्ष प्रतिक्रिया भने आएको छैन । तर यसअघि उसले इजरायलको गतिविधि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइसकेको छ।
सिरियाली सरकार भने इजरायली आक्रमणलाई ‘अपराधिक र गैरकानुनी व्यवहार’ भन्दै कडा शब्दमा विरोध गरेको छ। राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा ड्रुज मिलिशिया र बेदुविन जातिहरूबसचको द्वन्द्वई कुनै पनि हालतमा स्वीकार्य नरहेको र यस्ता हिंसात्मक गतिविधिहरू उनीहरूको राष्ट्रिय मूल्य र सिद्धान्तसँग विपरीत रहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण