बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आजदेखि लागू भयो कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर, केमा कति ?

बिहीबार, ०१ साउन २०८२, ०७ : २७
बिहीबार, ०१ साउन २०८२

सारांश

  • कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई दिने ब्याजदर र सापटीको ब्याजदर संशोधन गरेको छ।
  • सञ्चयकर्ताको सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा ५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिनेछ।
  • कोषले घर निर्माण, शिक्षा, र अन्य प्रयोजनका लागि सापटी रकम उपलब्ध गराउनेछ।

काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई दिइने वार्षिक ब्याजदर तथा विभिन्न सापटीमा लिने ब्याजदर संशोधन गरेको छ । कोष सञ्चालक समितिको निर्णय अनुसार नयाँ ब्याजदरहरू आजदेखि लागू गरिएको छ ।

निर्णयअनुसार सञ्चयकर्ताको सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा ५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिनेछ ।

त्यस्तै, कोषले उपलब्ध गराउने विभिन्न सापटीमा लिइने ब्याजदर यसप्रकार छ:

  • विशेष सापटी: ६.२५ प्रतिशत
  • घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटी: ७.२५ प्रतिशत
  • जग्गा खरिद सापटी तथा सरल सापटी: ७.५० प्रतिशत

विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्तालाई ०.२५ प्रतिशत छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण तथा घर-जग्गा खरिदका लागि रु. १ करोडसम्म, घर मर्मतका लागि रु. ३० लाखसम्म, शैक्षिक सापटी (स्वयं, पति/पत्नी वा छोरा/छोरीको उच्च शिक्षाका लागि) रु. ४० लाखसम्म र भैपरी आउने कार्यका लागि सरल सापटी अन्तर्गत रु. ६० लाखसम्म सापटी उपलब्ध गराउँदै आएको छ ।

यस्तै, सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा आधारित भई ९० प्रतिशतसम्मको रकम विशेष सापटीको रूपमा दिइने व्यवस्था पनि कायम रहेको कोषको भनाइ छ ।
हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र सङ्गठित क्षेत्र तथा सामुदायिक एवम् संस्थागत विद्यालयतर्फका गरी करिब ५ लाख ८० हजार सञ्चयकर्ता र करिब ९९ हजार ३९१ योगदानकर्ता गरी कूल ६ लाख ७९ हजार ३९१ सञ्चयकर्ता र योगदानकर्ताहरू आबद्ध रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप