टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध
सारांश
- टीकापुर नगरपालिकाले आजदेखि प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ।
- नगर प्रमुख रामलाल थारुले प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा जुटेको र जरिवानाको व्यवस्था गरिएको बताए।
- प्लाष्टिकको झोला प्रयोग गर्ने, बेच्ने र उत्पादन गर्नेलाई फरक-फरक जरिवाना तोकिएको छ।
टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो ।
नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरे।
नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक रु एक हजार, दोस्रो पटक रु तीन हजार र तेस्रो पटक रु पाँच हजार जरिवाना हुने उनले बताए ।
त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक रु १० रु ५० र तेस्रो पटक रु १०० जरिवाना लिइने छ । प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक रु दुई हजार, दोस्रो पटक रु चार हजार र तेस्रो पटक रु छ हजार जरिवाना हुनेछ ।
नगरपालिकालाई प्लाष्टिकमुक्त गर्ने निर्णय कठोर भएर कार्यान्वयन गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीले व्यक्त गर्नुभएको छ । पालिकाले स्थानीय राजपत्रमा २०८० साल चैत २५ गते यससम्बन्धी सूचना प्रकाशन गरेर प्लाष्टिकको प्रयोग नगर्न अनुरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण