साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले श्रीलङ्काको सामना गर्दै
काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले बिहीबार श्रीलङ्काको सामना गर्दैछ । खेल ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्ड नेपाली समयअनुसार २ः४५ बजे सुरु हुनेछ ।
यसपटक प्रतियोगिता ४ सहभागी राष्ट्रबिच डबल राउन्ड रोबिन आधारमा खेलाइँदैछ । दुई चरणको खेल सकिएपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।
पहिलो चरणको खेल समाप्त हुँदा नेपाल ३ खेलबाट ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । आयोजक बंगलादेश ९ अङ्क बटुल्दै शीर्ष स्थानमा कायम छ । भुटान ३ अङ्कसहित तेस्रो र अङ्कविहीन श्रीलङ्का तालिकाको पुछारमा छ ।
नेपाल र श्रीलङ्का प्रतियोगितामा दोस्रोपटक आमने सामने हुन लागेका हुन् । यसअघि मंगलबार भएको खेलमा नेपाल श्रीलङ्काविरुद्ध ७–० को विशाल अन्तरले विजयी भएको थियो ।
नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले हराएको थियो । तर, दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोलले स्तब्ध बन्न पुगेको थियो ।
आजै दोस्रो खेलमा बंगलादेश र भुटान भिड्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण