रास्वपाले साउन पाँच गतेदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने
सारांश
- रास्वपाले २५ लाख हस्ताक्षर सङ्कलन गरेको जानकारी दिएको छ।
- पार्टी सभापति रवि लामिछानेलाई थुनामा राखेको भन्दै हस्ताक्षर अभियान थालिएको थियो।
- अभियानका संयोजक दीपक बोहराका अनुसार साउन ५ गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गरिनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म करिब २५ लाख हस्ताक्षर सङ्कलन भएको जानकारी दिएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी अनुमानित हस्ताक्षर र खर्चको विवरण सार्वजनिक गरेको हो ।
सहकारी ठगी आरोपमा पुर्पक्षका लागि भैरहवा जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई राजनीति प्रतिशोध र पूर्वाग्रहका आधारमा राज्यले थुनामा राखेको भन्दै असार ७ गतेबाट हस्ताक्षर अभियान थालेको थियो । देश विदेशका विभिन्न माध्यमबाट हस्ताक्षर जारी नै रहेकाले तथ्याङ्क अझै बढी हुनसक्ने अभियानका संयोजक दीपक बोहराले जानकारी दिए । उनले हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउन साउन पाँच गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गर्ने बताए ।
पाँच लाख लामिछानेको अपिल र २ लाख हस्ताक्षर फारम भरेर पठाइसकेको पनि जानकारी दिए । हस्ताक्षर अभियानमा हालसम्म ५९ लाख ६८ हजार खर्चको भएको बोहराले जिकिर गरेका छन् ।
‘अभियानलाई थप विस्तार गर्न सभापतिको अपिल पाँच लाख र हस्ताक्षर २ लाख पठाइसकेको छ । साउन पाँच गतेबाट घरदैलो अभियानमा जाँदैछौँ । सात प्रदेश र अन्य दुई केन्द्रमा गरी जम्मा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर भएको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण