सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

एकै पटक ३७ वटा निर्माण कम्पनीको लाइसेन्स खारेज

बिहीबार, ०१ साउन २०८२, १९ : ०५
बिहीबार, ०१ साउन २०८२

काठमाडौँ । एकै पटक ३७ वटा निर्माण कम्पनीको लाइसेन्स (इजाजतपत्र) खारेज भएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३७ वटा कम्पनीको सूची सार्वजनिक गर्दै लाइसेन्स तोकिएको अवधिमा नवीकरण नगरेकाले स्वतः खारेज भएको जनाएको छ । 

निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ अनुसार यस्ता कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि २०८१ चैत मसान्तसम्म निर्माण व्यवसाय लाइसेन्स नवीकरण गरिसक्नु पर्ने प्रावधान छ । तर सो अवधिमा नवीकरण गर्न नआएपछि स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ । 

गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालि, त्रिपुरा कन्स्ट्रक्सन भ्याली स्टार बिल्डर्स प्रालि, पारिजात निर्माण सेवा, भ्याली कन्स्ट्रक्सन प्रालि लगायतको लाइसेन्स खारेज भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप