गायक आनन्द कार्कीको ‘मुसुक्क हाँसी लजाउने’ सार्वजनिक
शुक्रबार, ०२ साउन २०८२, १० : ४२
सारांश
- गायक आनन्द कार्कीले नयाँ गीत 'मुसुक्क हाँसी लजाउने' को म्युजिक भिडियो सार्वजनिक गरे।
- गीतमा म्यानमारका अनिलले शब्द तथा संगीतमा सघाएका छन्, र भिडियो निर्देशन वीरेन तितुङले गरेका हुन्।
- एसराज गराच, छुल्ठिम गुरुङ, साक्षी लम्साल लगायतका कलाकार भिडियोमा देखिएका छन्।
काठमाडौं । गायक आनन्द कार्कीले आफ्नो नयाँ गीत ‘मुसुक्क हाँसी लजाउने’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गीतमा उनलाई शब्द तथा संगीत रचनामा म्यानमारका अनिलले साथ दिएका छन् । गीतको सुमधुर संगीतलाई भकुब तामाङले संगीत संयोजन गरेका हुन् भने होराइजन स्टुडियोमा मिक्स, मास्टरिङ गरिएको छ ।
गीतको म्युजिक भिडियोलाई वीरेन तितुङले निर्देशन गरेका हुन् । भिडियोको अवधारणा समेत निर्देशक तितुङकै रहेको छ ।
भिडियोमा गायक आनन्द कार्कीका साथै एसराज गराच, छुल्ठिम गुरुङ र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । गीतको सिनेमेटोग्राफर दिनेश पराजुलीले गरेका छन् भने नाम्गेल लामाको कोरियोग्राफी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण