शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एक वर्षमा १४७ जलविद्युत आयोजनालाई सर्वेक्षण, २६५ आयोजनालाई उत्पादन अनुमति

शुक्रबार, ०२ साउन २०८२, १२ : ०१
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • विद्युत् विकास विभागले गत आर्थिक वर्षमा ८ हजार ७७६ मेगावाट क्षमताका जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति दियो।
  • ऊर्जा मन्त्रालयका अनुसार १० हजार ८५० मेगावाट क्षमताका २७७ वटा आयोजनालाई उत्पादन अनुमति दिइएको छ।
  • मन्त्री दीपक खड्काका अनुसार, हालसम्म ६८०० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भइसकेको छ।

काठमाडौँ । विद्युत् विकास विभागले गत आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ७७६ मेगावाट क्षमता बराबरका १४७ जलविद्युत अयोजनाहरुलाई सर्वेक्षण अनुमति दिएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार विद्युत् विभागले पछिल्लो एक आर्थिक वर्षमा ८ हजार ७७६ मेगावाट क्षमता बराबरका १४७ जलविद्युत अयोजनाहरु र १ हजार ८५१ मेगावाट क्षमता बराबरका सौर्य आयोजनाहरूको सर्वेक्षण अनुमति जारी गरेको जनाएको हो । 

मन्त्रालयका अनुसार १० हजार ७५१ मेगावाट क्षमता बराबरका २६५ जलविद्युत र ९९ मेगावाट क्षमता बराबरका १३ सौर्य गरी कुल १० हजार ८५० मेगावाट क्षमता बराबरको २७७ वटा आयोजनाहरूको उत्पादन अनुमति दिएको छ । 

वर्तमान सरकार बनेर ऊर्जा मन्त्री दीपक खड्का आएसँगै पछिल्लो एक आर्थिक जलविद्युत र सौर्य गरी १० हजार ८५० मेगावाट क्षमता बराबरको २७७ वटा आयोजना उत्पादन अनुमति दिएको प्रगतिमा उल्लेख गरेका छन् । 

त्यस्तै, १२४३ मेगावाट क्षमता बराबरका ३० र ५० मेगावाट क्षमता बराबरका ८ सौर्य आयोजना उत्पादन अनुमति दिएको छ । पछिल्लो एक वर्षमा ३०० सर्किट किलोमिटर प्रसारण लाइन तथा ७०० एमभीए क्षमताका सवस्टेशन निर्माण सम्पन्न भएको ऊर्जा मन्त्रीले जानकारी दिए ।

उनले अहिलेसम्म भोल्टेजस्तरका करिब ६८०० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण तथा १३ हजार ७५४ एमभीए क्षमताका सवस्टेशन आयोजनाहरू सञ्चालनमा रहेको बताए । 

उनले एक वर्षमा १०३१ सर्किट किलोमिटर बराबरका ६९ प्रसारण लाइनका लागि सर्वेक्षण अनुमति र २७८ सर्किट किलोमिटर बराबरका २६ प्रसारण लाइनका लागि प्रसारण अनुमति दिइएको उल्लेख गरे । 

मन्त्रालयका अनुसार ३१७४ सर्किट किमी बराबरका १४४ प्रसारण लाइन आयोजना सर्वेक्षण र ५७०६ सर्किट किमी बराबरका २७१ प्रसारण लाइन आयोजना प्रसारण अनुमति दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप