सरकारी कोषको घाटामा सामान्य सुधार
शुक्रबार, ०२ साउन २०८२, १३ : २९
सारांश
- गत आर्थिक वर्षको तुलनामा नेपाल सरकारको सङ्घीय सञ्चित कोषमा सुधार आएको छ।
- आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म सङ्घीय सञ्चित कोषमा २ खर्ब ४ अर्ब ९५ करोड घाटा छ।
- २०८०/८१ को तुलनामा घाटा २० अर्ब रुपैयाँले घटेको छ, जसले अर्थतन्त्रमा केही सहजता दिन्छ।
काठमाडौँ । नेपाल सरकारको सङ्घीय सञ्चित कोष (ट्रेजरी पोजिसन) गत आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ। महालेखा नियन्त्रक कार्यालयद्वारा सार्वजनिक गरिएको विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म सङ्घीय सञ्चित कोषमा २ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ घाटा देखिएको छ । यो आर्थिक वर्ष २०८०/८१ तुलनामा करिब २० अर्ब रुपैयाँले कम हो।
२०८०/८१ को अन्त्यमा सरकारी कोषमा २ खर्ब २४ अर्ब ९९ करोड रुपैयाँ घाटा थियो। यो वर्ष भने घाटा केही घट्दै गएको देखिएको छ । जसले अर्थतन्त्रमा अलिकति सहजता देखिएको सङ्केत दिन्छ।
घाटाको आकारमा आएको यो सामान्य कमीले अर्थतन्त्रमा केही सहजताको सङ्केत गरेको विश्लेषण गरिएको छ। सरकारको कोष अझै पनि २ खर्बभन्दा बढीले ऋणात्मक रहनुले वित्तीय व्यवस्थापनमा चुनौतीहरू कायमै रहेको देखाउँछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण