अदालत
आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय
शुक्रबार, ०२ साउन २०८२, १४ : २५
सारांश
- महान्यायाधिवक्ताको कार्यालयले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन गर्ने निर्णय गरेको छ।
- उच्च अदालत वीरगन्ज इजलासको फैसला विरुद्ध पुनरावेदन गर्ने निर्णय भएको उपन्यायाधिवक्ताले जानकारी दिए।
- आलमको पक्षमा फैसला गर्ने न्यायाधीशमाथि न्यायपरिषदले छानबिन गरिरहेको छ।
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई इँटा भट्टामा मानिसहरूलाई जिउँदै जलाएर मारेको मुद्दामा सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिने निर्णय गरेको छ ।
उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले केही समय अघि गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको उपन्यायाधीवक्ता पुष्पराज बास्तोलाले जानकारी दिए ।
‘पुनरावेदन गर्ने निर्णय भैसकेको छ । निवेदन दर्ता गर्ने क्रममा छ’, बास्तोलाले रातोपाटीसँग भने । आलमको पक्षमा फैसला गर्ने उच्च अदालतका न्यायाधीश थारु र महर्जनलाई न्यायपरिषदले सर्वोच्चमा तानेर छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण