वामदेवको घोषणा : सय वर्षको उमेरसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरेका छन् ।
शुक्रबार काठमाडौँमा एकीकृत समाजवादी पार्टीसँग एकता समारोहमा उनले अझै २३ वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरेका हुन् । विभाजन भएको चार वर्षपछि फेरि एकीकृत समाजवादीमा प्रवेश गर्न पाउँदा ज्यादै खुसी भएको जिकिर गरे ।
‘म एसएलसी मात्र पास गरेका मान्छे हो । त्यही पनि थर्ड डिविजनमा बल्लतल्ल पास गरेँ । अहिले ७७ वर्षको भएँ । सय वर्षसम्म बाँच्नुपर्छ जस्तो लाग्छ । सय वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु’, उनले भने, ‘दुई वटा सङ्कल्प लिएर म कम्युनिस्ट आन्दोलनमा लागेँ । एउटा राजतन्त्रको अन्त्य अर्को कम्युनिस्ट पार्टीलाई एउटै बनाउने । त्यो २०७५ सालमा पास भयो । त्यतिबेला म ज्यादै खुसी थिएँ ।’
अबको सङ्कल्प आफ्नै जीवनका कालमा समाजवादमा लैजाने रहेको भएपनि त्यो पुरा हुनेमा उनले आशङ्का व्यक्त गरे ।आफूले चार वर्षदेखि नै वामपन्थी राजनीतिमा लागेको जिकिर गर्दै यस यात्रामा धेरै हण्डर ठक्कर खाएर आएकाले फहराएको झण्डालाई झुक्न नदिने सङ्कल्प गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण