इलाममा छुरा प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
इलाम । इलाम माईजोगमाई गाउँपालिका–२ निवासी २३ वर्षीय प्रकाश चापागाईँको धारिलो हतियार (छुरा) प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हत्यामा संलग्न रहेको अभियोगमा सूर्योदय नगरपालिका–१ निवासी ३३ वर्षीय किरण शेर्पालाई पक्राउ गरिएको हो ।
गत असार ३२ गते राति करिब ९ः५० बजे सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाईँ र उनका भाइ प्रकाश चापागाईँसँगको आपसी विवादका क्रममा झगडा भएको थियो । सोही क्रममा स्थानमै रहेका किरण शेर्पाले धारिलो हतियार प्रयोग गरी दुवै जनामाथि आक्रमण गरेका थिए ।
छुरा प्रहारबाट प्रकाश चापागाईँको घटनास्थलमै मृत्यु भएको थियो भने उनका दाजु निरोज चापागाईँ गम्भीर घाइते भई हाल झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचाररत छन् ।
घटना लगत्तै फरार रहेका किरण शेर्पालाई इलाका प्रहरी कार्यालय पशुपतिनगर र मानेभञ्ज्याङबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १ गते राति भारत–नेपाल सिमानास्थित मानेभञ्ज्याङ क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत इलाममा उपस्थित गराई साउन १ गतेदेखि लागू हुने गरी १० दिनको म्याद थप गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण