साहित्यकार मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण
सारांश
- गोकर्ण मल्लको उपन्यास 'निर्गम' काठमाडौंमा लोकार्पण गरियो।
- उपन्यासमा युवापुस्ताको विदेश मोह र सरकारको सहयोगको विषयलाई उठाइएको छ।
- उपन्यासमा जीवनको अन्त्य शून्यमा हुने यथार्थलाई चित्रण गरिएको छ।
काठमाडौँ । साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्यायको आज यहाँ आयोजित कार्यक्रममा प्राडा गोविन्दराज भट्टराई र प्राडा कुमारप्रसाद कोइरालालगायत साहित्यकारले संयुक्त रूपमा विमोचन गरे ।
शिक्षा, उमेर, परिश्रम गर्ने क्षमता, आर्थिक अवस्था बलियो हुँदाहुँदै मजदुर, विद्यार्थी, कर्मचारी, उद्योगपतिका नाममा नेपाली युवामा विदेशप्रतिको मोह तथा त्यसका लागि सरकारले ऋणलगायतका सुविधा उपलब्ध गराएर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पुर्याइएको सहयोगलाई उपन्यासमा मूल रूपमा प्रस्तुत गरिएको छ । लामो समय शिक्षणमा संलग्न साहित्यकार मल्लको यो तेस्रो सृजना हो ।
त्यस अवसरमा प्राडा भट्टराईले ‘निर्गम’ वर्तमान यथार्थको हृदयहारी अभिलेखन भएको टिप्पणी गरे । प्रा डा कोइरालाले कृतिमाथि समीक्षा गर्नुभयो भने साहित्यकारहरू अनिता कोइराला, अनिता पन्थी, लक्ष्मण वियोगी, शरद् प्रधानले टिप्पणी गरे ।
एक सय ७२ पृष्ठको उक्त उपन्यासमा ३४ वटा अध्याय छन् । शून्यबाट सुरु हुने जीवन ३२ लक्षणले पूर्ण भए पनि आखिर पुनः शून्यमै अन्त्य हुन्छ भन्ने वास्तविकता प्रस्तुत छ । बजार मूल्य रु ३७५ निर्धारण गरिएको उपन्यासको पहिलो संस्करणमा ५०१ प्रति छापिएका जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण