झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु
शनिबार, ०३ साउन २०८२, १४ : ३०
सारांश
- कोशी प्रदेशको झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
- झापाको अर्जुनधाराका एक पुरुष ट्रान्समिटरमा काम गर्दा करेन्ट लागेर मृत्यु भयो।
- सुनसरीकी १८ वर्षीया युवतीको घरमा पानी तान्ने क्रममा करेन्ट लागेर निधन भयो।
विराटनगर । कोशी प्रदेशका झापा र सुनसरी जिल्लामा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। शुक्रबार घटेका यी घटनामा एक जना पुरुष र एक किशोरीको ज्यान गएको हो।
झापाको अर्जुनधारा नगरपालिका–४ निवासी ३५ वर्षीय दीपक पाण्डे बिर्तामोड–२ स्थित एक ट्रान्समिटरमा काम गरिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि बीएण्डसी. अस्पताल बिर्तामोड लगिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
त्यस्तै, सुनसरीको रामधुनी नगरपालिका–६ निवासी १८ वर्षीया स्मृति चौधरीले आफ्नै घरमा रहेको पानी तान्ने कल चलाउने क्रममा करेन्ट लागी ज्यान गुमाएकी हुन्।
दुवै घटनाबारे सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण