टीआरएफलाई ‘आतङ्कवादी संगठन’ घोषणा गर्ने अमेरिकी निर्णयबारे चीनले के भन्यो ?
सारांश
- अमेरिकाले टीआरएफलाई आतंकवादी संगठन घोषणा गरेपछि चीनले आतंकवादको विरोध गरेको छ।
- टीआरएफले पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको थियो, जसमा २६ नागरिकको मृत्यु भएको थियो।
- चीनले आतंकवादको निन्दा गर्दै छिमेकी देशहरूसँग आतंकवादविरुद्ध सहयोग बढाउन आग्रह गरेको छ।
बेइजिङ । अमेरिकाले ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई ‘विदेशी आतङ्कवादी संगठन’ घोषणा गरेपछि चीनले प्रतिक्रिया जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनले सबै प्रकारका आतङ्कवादको कडा विरोध गर्ने स्पष्ट पारेका हुन्।
‘लस्कर–ए–तैयबा (एलईटी) को फ्रन्ट टीआरएफले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको छ । यसमा २६ नागरिक मारिएका छन्’ विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका थिए ।
‘यो २००८ को मुम्बई आक्रमण पछि भारतमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो, जुन लस्कर–ए–तैयबाद्वारा गरिएको थियो । एलईटीले भारतीय सुरक्षा बलहरूमाथि भएका धेरै आक्रमणहरूको जिम्मेवारी पनि लिएको छ, जसमध्ये सबैभन्दा पछिल्लो २०२४ मा भएको थियो,’ विज्ञप्तिमा थप भनिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने , ‘चीनले सबै प्रकारका आतङ्कवादको दृढतापूर्वक विरोध गर्दछ। चीनले अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दछ। चीनले छिमेकी देशहरूलाई आतंकवाद विरुद्ध सहयोग बढाउन आग्रह गर्दछ। चीनले क्षेत्रीय सुरक्षा र स्थिरता संयुक्त रूपमा कायम राख्न पनि आह्वान गर्दछ।’
अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा २६ जनाको मृत्यु भएको थियो। विदेश सचिव विक्रम मिश्रीले मे ७ मा पत्रकार सम्मेलनमा पहलगाम आक्रमणको लागि टीआरएफलाई दोष दिएका थिए। यसैबिच, भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार टीआरएफलाई ‘विदेशी आतङ्कवादी संगठन’ घोषणा गर्ने अमेरिकी निर्णयको स्वागत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण