ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र
सारांश
- गोरखा नगरपालिकाको मझुवा-बैटारी-हटिया सडकखण्डमा ३३ वर्षपछि कालोपत्रेको काम सुरु भएको छ।
- सडक स्तरोन्नति अन्तर्गत चार सय मिटर सडक कालोपत्रे, ७५ मिटर ढलान र पाँच सय मिटर नाला निर्माण सम्पन्न भएको छ।
- स्थानीय बासिन्दाका अनुसार, यस सडकले कृषि उत्पादनलाई बजारसम्म पुर्याउन र दैनिक उपभोग्य वस्तु ल्याउन सहज बनाउनेछ।
गोरखा । गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । उक्त नगरपालिका–१३ देउराली र पालुङटार नगरपालिका–८, रातमाटे जोड्ने सडकखण्डमध्ये जैकोटदेखि घोरथुम्कासम्म सडक कालोपत्र सम्पन्न छ ।
गोरखा–१३ की वडाध्यक्ष मित्रा परियारले साना सहरी विकास कार्यालय कास्कीबाट विनियोजित बजेटमार्फत यहाँ चार सय मिटर सडक कालोपत्रको काम करिब सम्पन्न भएको बताइन् । उनले भनिन्– ‘वडा नं १३ मा पहिलो पटक वडाभित्र सडक कालोपत्र देख्न पाइएको छ । विसं २०४९ मा ट्र्याक खुलेको यस सडकको स्तरोन्नति भएको देख्न ३३ वर्ष कुर्नुपर्यो ।’
ठेकेदार कम्पनी चिराग कन्ट्रक्सनका सञ्चालक लक्ष्मण श्रेष्ठले चार सय मिटर सडक कालोपत्र, ७५ मिटर ढलान र पाँच सय मिटर नाला निर्माणको काम सम्पन्न भएको बताए । उक्त सडक खण्ड निर्माणका लागि ठेकेदार कम्पनीले रु ६६ लाख ३५ हजार नौ सय ३९ मा ठेक्का सम्झौता गरेको थियो ।
पृथ्वी राजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरनी सडकखण्डसँग जोडिए पनि लामो समयसम्म स्तरोन्नति नहुँदा त्यस क्षेत्रका बासिन्दले आवातजातवमा कठिनाइ भाग्दै आएका छन् । यो सडकखण्ड मझुवा चौकी, दराई गाउँ, जैकोट, सातदोबाटे, बैटारी हुँदै पालुङटार नगरपालिकासँग जोड्ने प्रमुख सडक हो ।
स्थानीयवासी विक्रम मल्लले कालोपत्रको काम अघि बढेसँगै सडकले विस्तारै मुहार फेर्दै गएको र यसले स्थानीय उत्साहित भएका बताए । ‘अब गाउँमा उत्पादित कृषि उत्पादनलाई बजारसम्म पु¥याउन पनि सहज हुनेछ । गाउँमा दैनिक उपभोग्य ल्याउन पनि राहत मिल्नेछ । यो हाम्रो वर्षौदेखिको सपना हो, जो पू्रा हुँदैछ’, उनले भने ।
सोही सडकखण्डअन्तर्गत मझुवाचौकीदेखि दराई गाउँसम्म रु एक करोड बजेटबाट काम भइरहेको छ भने दराई गाउँदेखि जैकोटसम्म पनि रु चार करोड बजेट विनियोजन भएर काम अघि बढिरहेको नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण