प्रशासनविरुद्ध हेटौँडाका जनप्रतिनिधि आन्दोलित
सारांश
- हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले वडा अध्यक्षमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै आन्दोलन सुरु गरेका छन्।
- प्रवक्ता सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारी पक्राउ नपरेपछि विरोध प्रदर्शन गरिएको हो।
- जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा साङ्केतिक कार्यालय खडा गरेर विरोध जनाएका छन्।
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकविरुद्ध आन्दोलन सुरु गरेका छन् । हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् ।
उनीहरूले आइतबारबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरमा साङ्केतिक कार्यालय नै खडा गरेर प्रदर्शन गरेका हुन् । वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि असार ४ गते दिउँसो करिब पौने ४ बजेको समयमा आक्रमण भएको थियो । घटना घटेको एक महिनासम्म पनि प्रहरी–प्रशासनले कसैलाई पनि पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलित भएकाले जिल्ला प्रशासन कार्यालय परिसरभित्र साङ्केतिक कार्यालय खडा गरेर विरोध गरेका हुन् ।
मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँदा र वडा अध्यक्षमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नगरेको हेटौँडा–१६ का अध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर प्रहरीको कमान्ड सम्हालिरहेका प्रहरी उपरीक्षक विश्वराज खड्काको जिल्लामा चौतर्फी रुपमा आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
-
आँसु पुछ्न औँला छैनन्...
-
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
-
योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन
-
इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दु:ख दिने व्यक्ति पक्राउ
-
२ जना नाबालकको पासपोर्ट छापेर सुरु भयो जर्मन कम्पनीबाट पासपोर्ट छपाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण