उपचारका लागि गएकी ८८ वर्षकी वृद्धा अस्पतालको कुनामा मृत फेला परिन्
आइतबार, ०४ साउन २०८२, १३ : २५
धनगढी । कैलालीमा उपचारका लागि गएकी ८८ वर्षकी वृद्धा अस्पतालको कुनामा मृत फेला परेकी छिन्। टीकापुर नगरपालिका–१ जमराटोलकी ८८ वर्षीया हिरादेवी धामी टिकापुर अस्पतालको दक्षिणपूर्वी कुनामा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
प्रहरी र आफन्तले खोजतलास गर्ने क्रममा वृद्धा आइतबार बिहान १० बजेतिर मृत अवस्थामा फेला परेकी हुन् । मृत वृद्धाको शरीरमा बाह्य चोटपटक नदेखिएको प्रहरीले जानकारी दिएको छ। शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमै राखिएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीका अनुसार वृद्धा शनिबार दिउँसो बुहारीसँगै अस्पताल पुगेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण