नौ वर्षपछि नेपाल–भारत गृह सचिवस्तरिय बैठक तय
सारांश
- नेपाल र भारतका गृह सचिव स्तरीय बैठक साउन ६ र ७ गते नयाँ दिल्लीमा हुने भएको छ।
- बैठकमा सीमापार अपराध, मनी लाउण्ड्रिङ र जाली नोट नियन्त्रणबारे छलफल हुनेछ।
- बैठकमा सुरक्षा, सीमा नाका, मानव तस्करी नियन्त्रणलगायतका विषयमा छलफल हुनेछ।
काठमाडौँ । नेपाल र भारतका गृह सचिव स्तरीय बैठक साउन ६ र ७ मा भारतको नयाँ दिल्लीमा हुने भएको छ ।
बैठकमा सहभागी हुन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका एआईजी दान बहादुर कार्की, सशस्त्रका एआईजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल र गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी दिल्ली जाँदै छन् ।
२०१६ भन्दा पछि बस्न नसकेको सो बैठकमा नेपालबाट गृह सचिवको नेतृत्वमा १२ जनाले प्रतिनिधित्व गर्दै छन् । बैठकमा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव पनि सहभागी हुँदै छन् । नापी विभागका महानिर्देशक प्रकाश जोशी पनि सहभागी हुने द्धिपक्षिय बैठकमा सुरक्षासँग सम्बन्धित विषयमा छलफल हुने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले रातोपाटीलाई बताए । उनले भने, ‘सीमापार अपराध, मनिलाउण्डरिङ्ग र जाली नोट नियन्त्रण सम्बन्धी विषयमा छलफल हुन्छ ।’
नेपाल–भारत सीमानाका स्थानीय प्रशासनले गर्ने निर्णय र उनीहरूलाई दिने निर्देशनबारे पनि छलफल हुने एजेन्डा तय गरिएको छ । सीमा नाकाबाट हुने मानव तस्करी नियन्त्रण, लागु औषध र हातहतियारको ओसारपसार नियन्त्रणबारे छलफल हुने प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
बैठकमा सहभागी हुने अधिकारीहरूसँग आइतबार गृह सचिव गोकर्णमणि दुवाडीले छलफल गरेका छन् । छलफलमा सहभागी एक जना अधिकृत भन्छन्, ‘अपराधीहरू एक अर्को देशमा लुक्ने हुनाले उनीहरूलाई नियन्त्रणमा लिन कसरी सहजीकरण गर्ने भनेर पनि छलफल गर्छौँ ।’
सीमानामा देखिएका भू–भागको समस्या बारेमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण