पार्टीमा विद्या भण्डारीको जिम्मेवारी छलफलबाट टुङ्गिन्छ : ईश्वर पोखरेल
सारांश
- वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारी पार्टीमा छलफलबाट टुङ्गो लाग्ने बताए।
- एमाले नेता थापाले भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको दाबी गरे, भने उपाध्यक्ष पाण्डेले पनि नवीकरण भएको बताए।
- पोखरेलले सदस्यता नवीकरण गर्नुपर्ने विषय नभएको र अध्यक्षले नवीकरण नभएको नभनेको बताए।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारी पार्टीमा छलफलबाट टुङ्गो लाग्ने बताएका छन् । साथै उनले सदस्यता नवीकरण गर्नुपर्ने विषय नै नभएको समेत बताएका छन् ।
आइतबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओली र भण्डारीबिच भेटवार्ता भइरहेका बेला पोखरेलले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
‘सदस्यता नवीकरण गर्नुपर्ने विषय नै होइन, महासचिवले अन्तरवार्तामै भनिसक्नुभएको छ’, पोखरेलले भने, ‘अब जिम्मेवारीको कुरा छलफलबाट हुन्छ । अध्यक्षले नवीकरण भएको छैन भन्नुभएको छैन ।’
त्यस्तै एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको दाबी गरेका छन् । आइतबार च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा थापाले यस्तो दाबी गरेका हुन् ।
‘नवीकरण एक वर्षअघि नै गर्नुभएको हो । अघिल्लो वर्षको एक वर्षअघि नै गर्नुभएको हो र यो वर्षको पनि भइसकेको छ,’ थापाको दाबी छ । शुक्रबार र शनिबार बसेको पार्टी पार्टी पोलिटब्युरो बैठकमा भण्डारीको सदस्यताबारे निर्णय नभएको पनि थापाको भनाइ छ ।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि भण्डारीको सदस्यता नवीकरण भैसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण