एमाले सांसद्ले निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा.शेखर कोइरालाले नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभामा सङ्घीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक भएको बताएका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।
उनले लेखेका छन्,'नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभामा सङ्घीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ । गठबन्धनका दलबिच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो ।'
नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने समेत उनले बताए । सबै मिलेर एमालेले हालेको संशोधन पास हुन नदिनुपर्ने समेत बताए । 'कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ,'उनले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण