एमालेका ५ सांसद्ले हाले ‘कुलिङ पिरियड’को विपक्षमा संशोधन
सारांश
- एमालेका ५ सांसदले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको विपक्षमा संशोधन हालेका छन्।
- सांसद गोपाल भट्टराईले सो कुराको पुष्टि गर्दै आफूहरुलाई आवश्यक लागेर संशोधन हालेको बताए।
- राष्ट्रिय सभामा एमालेका ५ सहित १६ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्।
काठमाडौँ । बहुचर्चित सङ्घीय निजामती सेवा विधेयकमा नेकपा एमाले राष्ट्रिय सभाका ५ जना सांसदले कुलिङ पिरियडको विपक्षमा संशोधन हालेका छन् । उनीहरुले निजामती सेवामा कुलिङ पिरियड लागु गर्ने प्रावधान नराखी ऐन बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
एमाले राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले पाँच जना सांसदले विधेयकमा संशोधन हालेको पुष्टि गरे । उनले सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बिसी र आफूले संशोधन हालेको बताए । पार्टीसँग सल्लाह गरेर संशोधन हालेको हो ? भन्ने प्रश्नमा भट्टराईले भने, ‘सल्लाह गरेको होइन, हामीलाई लाग्यो र हालेका हौ ।’
के कारणले त्यस्तो लाग्यो त भन्ने प्रश्नमा भट्टराईले भने, ‘थुप्रै कानुनहरूको व्यवस्थाले नियुक्तिहरू ग्याप हुने हो कि भन्ने अरू कानुनहरू पनि हेर्दा हामीलाई लाग्यो ।’, उनले अब संशोधनमाथि समितिमा छलफल हुने बताए ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रियसभामा एमालेका ५ सहित १६ ओटा संशोधन प्रस्ताव परेका छन् ।
राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखाले ४३ सांसदले १६ संशोधन प्रस्ताव दर्ता गरेको जानकारी दिएको हो । सांसदहरूलाई संशोधन हाल्ने समय शुक्रबार ५ बजेसम्म थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण