६ वटा कन्सल्टेन्सीलाई ६ लाख १३ हजार रुपैयाँ जरिवाना
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न १७ वटा फर्मको अनुगमन गरी कारबाही गरेको छ । विभागले आइतबार गरेको बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका गतिविधिमा गरिएको पाइएपछि ६ वटा कन्सल्टेन्सीलाई ६ लाख १३ हजार रुपैयाँ जरिवाना गरेको छ ।
काठमाडौँ महानगरपालिका–२ मा रहेको वेलनेस अर्गानिक क्लब प्रा. लि. र महालक्ष्मी नगरपालिका–४ मा रहेको नेक्सन कर्पोरेशन प्रालिलाई सबैभन्दा बढी २ लाख ५ हजार रुपैयाँका दरले जरिवाना गरेको छ । इजाजत नलिई सञ्चालन गरेको पाइएपछि यी दुवै फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ।
यसैगरी इजाजत नलिई ललितपुरका तीन फर्म— गोरेटो कुमारीपाटी प्रालि, हारुतो ग्लोबल एजुकेशन कन्सल्टेन्सी र ललितपुर नेटकम्स सर्भिस प्रालिलाई ५१ हजार रुपैयाँका दरले जरिवाना तिराइएको छ । काठमाडौँको नेसनल इन्स्टिच्युट अफ म्यानेजमेन्ट एक्सलेन्सलाई भने ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
विभागले अन्य ९ वटा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । यसैगरी दुई वटालाई सामान्य निर्देशन दिइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण