जापानमा एक्जिट पोल : चुनावमा सत्तारूढ गठबन्धनले बहुमत गुमाउन सक्ने, दबाबमा प्रधानमन्त्री
सारांश
- जापानमा सम्पन्न माथिल्लो सदनको निर्वाचनमा सत्तारुढ गठबन्धनले बहुमत गुमाउने एक्जिट पोलको अनुमान छ।
- आर्थिक मन्दी र भन्सार महसुलको डरका कारण जनताले मतदान गरे, जसले प्रधानमन्त्रीलाई दबाबमा पारेको छ।
- सत्तारुढ गठबन्धनले बहुमत गुमाएमा नीतिगत निर्णयहरू कमजोर हुने र प्रधानमन्त्रीले राजीनामा दिन सक्ने सम्भावना छ।
काठमाडौँ । जापानमा आइतबार सम्पन्न माथिल्लो सदनको निर्वाचनपछि आएको एक्जिट पोलले सत्तारूढ गठबन्धन बहुमत गुमाउने देखिएको छ । यसले प्रधानमन्त्री सिगेरु इसिबालाई तीव्र राजनीतिक दबाबमा पारेको छ ।
आर्थिक महँगी र अमेरिकाबाट लागू हुनसक्ने भन्सार महसुल (ट्यारिफ) को डरका बिच जनताले मत खसालेका हुन्। यसअघि नै तल्लो सदनमा बहुमत गुमाइसकेको सत्तारूढ गठबन्धनले यदि माथिल्लो सदनमा पनि हार व्यहोरेमा नीतिगत निर्णयमा यसको प्रभाव कमजोर हुने र प्रधानमन्त्री इसिबाले पद त्याग गर्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।
२४८ सदस्य रहेको माथिल्लो सदनमा नियन्त्रण कायम राख्न गठबन्धनले ५० सिट जित्नुपर्ने हुन्छ। जापानको सार्वजनिक प्रसारक एनएचकेको एक्जिट पोलअनुसार सत्तारूढ गठबन्धनले ३२ देखि ५१ सिट पाउने अनुमान गरिएको छ ।
प्रधानमन्त्री इसिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीबी) र त्यसको सानो साझेदार कोमेटो पार्टी पहिलेदेखि नै बहुमत गुमाउने जोखिममा रहेको पूर्व सर्वेक्षणहरूले पनि देखाएका थिए। एनएचकेले आइतबार प्रकाशन गरेको एक्जिट पोलमा भनेको छ, ‘सत्तारूढ गठबन्धनले बहुमत कायम राख्न गाह्रो हुन सक्छ ।’
तर, गठबन्धनले बहुमत गुमाउने अनुमान आए पनि प्रधानमन्त्री इसिबाले टोकियोस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफू पदमा रहने स्पष्ट सङ्केत दिएका छन्। ‘हामी अमेरिकासँग अत्यन्त संवेदनशील भन्सार वार्तामा संलग्न छौँ... यी वार्ता विफल हुन दिनु हुँदैन,’ इसिबाले भने ।
माथिल्लो सदनमा कुल २४८ मध्ये आधा सिटका लागि मतदान भएको थियो। निर्वाचन जितेका सदस्यहरू आगामी ६ वर्षका लागि कार्यकालमा रहने छन् ।
यदि गठबन्धनले ४६ सिटभन्दा कम ल्यायो भने, यो सन् १९९९ मा गठन भएको गठबन्धनको इतिहासमै सबैभन्दा कमजोर प्रदर्शन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण