जापानमा सत्तारूढ गठबन्धनले बहुमत गुमाउने सङ्केत
सारांश
- जापानको चुनावमा प्रधानमन्त्री शिगेरु इशिबाको गठबन्धनले माथिल्लो सदनमा बहुमत गुमाउने सम्भावना छ।
- महँगी र अमेरिकी ट्यारिफका कारण मतदाता असन्तुष्ट हुँदा चुनावमा मतदान भएको थियो।
- गठबन्धनले बहुमत गुमाए सरकारले नीति निर्माणमा अवरोध भोग्नुपर्ने र इशिबालाई राजीनामाको दबाब आउन सक्नेछ।
काठमाडौँ । जापानमा भएको ताजा चुनावको एग्जिट पोल अनुसार प्रधानमन्त्री शिगेरु इशिबाको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले माथिल्लो सदनमा आफ्नो बहुमत गुमाउन सक्ने देखिएको छ।
आइतबार सम्पन्न चुनावमा मतदाताहरू विशेष गरी महँगी र अमेरिकी ट्यारिफ प्रति असन्तुष्ट रहेका बेला मतदानमा सहभागी भएका थिए।
एनएचके सार्वजनिक प्रसारण संस्थाको एग्जिट पोलअनुसार सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको गठबन्धन साझेदार कोमेइतो पार्टीले २४८ सिटमध्ये ५० सिट आवश्यक पर्नेमा ३२ देखि ५१ सिट मात्र प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।
यसअघि नै तल्लो सदनमा बहुमत गुमाइसकेको गठबन्धनले यदि माथिल्लो सदनमा पनि नियन्त्रण गुमायो भने, सरकारले नीति निर्माणमा ठुला अवरोध भोग्नुपर्नेछ।
प्रधानमन्त्री शिगेरु इशिबा अक्टोबर २०२४ मा पदभार ग्रहण गरेका थिए। यदि गठबन्धनले बहुमत कायम राख्न सकेन भने, इशिबामाथि एक वर्ष नपुग्दै राजीनामाको दबाब पर्न सक्ने विश्लेषकहरूको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण