मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ओलीलाई भीम रावलको कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?

सोमबार, ०५ साउन २०८२, १० : ०२
सोमबार, ०५ साउन २०८२

सारांश

  • एमाले अध्यक्ष केपी ओलीले ७० वर्षे उमेर हद घटाउनुपर्ने तर्क गरेपछि भीम रावलले कटाक्ष गरेका छन्।
  • रावलले बाल्यकाल, सुतेको र बिरामी भएको समय पनि घटाउनुपर्ने भन्दै ओलीलाई व्यङ्ग्य गरे।
  • रावलले ओलीको सत्ता मोहलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदसँग जोडेर आफू जेलमा बसेको १४ वर्षे अवधि घटाउनुपर्ने तर्कबारे पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन् । 

केही समयदेखि एमाले छाडेर मातृभूमि जागरण अभियान चलाइरहेका रावलले त्यसो भए बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु भनेर प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गरेका छन् ।

‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ’, रावलले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि?’

519568572_1956642848408279_6184725633381721987_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप