माइक्रोसफ्टले चिनियाँ प्राविधिक सहयोग नलिने
सारांश
- Microsoft ले अमेरिकी रक्षा ग्राहकहरूको लागि चीनमा आधारित इन्जिनियरिङ टोलीबाट प्राविधिक सहयोग नलिने नीति परिवर्तन गर्यो।
- यो निर्णय अमेरिकी रक्षा मन्त्रालय चीनमा आधारित माइक्रोसफ्टका इन्जिनियरहरूमा निर्भर रहेको खुलासा भएपछि आएको हो।
- नयाँ नीति परिवर्तनले माइक्रोसफ्टको क्लाउड प्लेटफर्म अज्योरलाई असर गर्नेछ, जसले कम्पनीको राजस्वको २५ प्रतिशतभन्दा बढी ओगटेको छ।
वासिङटन डीसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले एउटा महत्त्वपूर्ण नीति परिवर्तनको घोषणा गरेको छ ।
अमेरिकी रक्षा ग्राहकहरूले अब आफ्नो क्लाउड सेवाहरूको लागि चीनमा आधारित इन्जिनियरिङ टोलीहरूबाट प्राविधिक सहयोग लिने छैनन् । प्रोपब्लिकाको एक रिपोर्टले अमेरिकी रक्षा मन्त्रालय चीनमा आधारित माइक्रोसफ्टका इन्जिनियरहरूमा निर्भर रहेको खुलासा गरेकै समयमा यो निर्णय आएको हो ।
यो खबर बाहिरिएपछि अमेरिकाको राष्ट्रिय सुरक्षा र साइबर आक्रमणहरूप्रति गहिरो चिन्ता भइरहेको थियो ।
माइक्रोसफ्टका प्रमुख सञ्चार अधिकारी फ्र्याङ्क शाले शुक्रबार माइक्रोब्लगिङ वेबसाइट एक्समा एक विज्ञप्ति जारी गर्दै भने, ‘यस हप्ता उठाइएका चिन्ताहरू पछि माइक्रोसफ्टले अमेरिकी सरकारी ग्राहकहरूको लागि आफ्नो प्राविधिक सहयोग प्रणालीमा परिवर्तन गरेको छ । अब चीनमा आधारित कुनै पनि इन्जिनियरहरूले रक्षा क्लाउड वा सम्बन्धित सेवाहरूको लागि प्राविधिक सहयोग प्रदान गर्ने छैनन् ।’
यो नीतिगत परिवर्तनले माइक्रोसफ्टको क्लाउड प्लेटफर्म अज्योरलाई प्रत्यक्ष असर गर्नेछ । यससले कम्पनीको विश्वव्यापी राजस्वको २५ प्रतिशतभन्दा बढी ओगटेको छ । अज्योरका अब गुगल क्लाउडभन्दा ठुलो भएको छ । तर, यो एमाजन वेब सर्भिसभन्दा चाँहि पछाडि छ । कम्पनीको पछिल्लो त्रैमासिक रिपोर्टअनुसार, यसको कुल ४७० बिलियन आम्दानीको आधा भन्दा बढी अमेरिकाबाट आएको थियो । यससमा सरकारी सम्झौताहरूले प्रमुख भूमिका खेल्छ ।
माइक्रोसफ्टको रक्षा क्लाउड सेवा विवादमा आएको यो पहिलो पटक होइन । २०१९ मा, कम्पनीले अमेरिकी पेन्टागनबाट १० अर्ब डलरको क्लाउड सम्झौता प्राप्त गरेको थियो, जुन कानुनी विवादका कारण २०२१ मा रद्द गरियो । २०२२ मा यो फेरि माइक्रोसफ्ट, अमेजन, गुगल र ओरेकलसँग ९ अर्ब डलरको बहु–विक्रेता रक्षा सम्झौतामा सामेल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण