कैलाली कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : इन्सपेक्टर हरिजितनाथ थुनामा
काठमाडौँ । कैलाली कारागारमा कैदीबन्दीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी निरीक्षक(इन्सपेक्टर) हरिजित नाथलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
कैलालीका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाका अनुसार जिल्ला अदालतको आदेशअनुसार ६ दिनअघि नाथलाई थुनामा राखिएको हो ।
गत असार १ गते बैंकिङ कसुर मुद्दामा कैलाली कारागार चलान गरिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय व्यवसायी हरिशसिंह पालीको असार २ गते राति मृत्यु भएको थियो। अदालतले उनलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
पालीविरुद्ध २०८० सालको वैशाख २१ गते बैंकिङ कसुरमा मुद्दा दायर गरिएको थियो। जेठ २९ गते उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५, तुफानडाँडाबाट पक्राउ गरिएको थियो ।
तर, प्रहरी निरीक्षक नाथको संलग्नतामा पालीलाई नियोजित रूपमा ढिलो गरी जेठ ३० गते बेलुकी कैलाली ल्याइएको थियो। अदालत बन्द रहने शनिबार परेकोले उनलाई असार १ गते मात्र अदालतमा उपस्थित गराई सोही दिन कारागार चलान गरिएको थियो ।
कारागार प्रवेश गरेको दोस्रो दिन राति पाली एक्कासि बिरामी परेपछि साढे ११ बजे सेती प्रादेशिक अस्पताल लगिएको थियो, जहाँ राति १२ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकका आफन्तले पालीको शरीरमा चोटपटक र निलडाम देखिएको भन्दै प्रहरी हिरासत र कारागारमा यातना दिइ हत्या गरिएको आरोप लगाउँदै आएका छन्। यद्यपि, प्रहरीले पोष्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारण खुलाउन नसकिने जनाएको छ। हालसम्म पनि पोष्टमार्टम प्रतिवेदन सार्वजनिक गरिएको छैन ।
घटनापछि डडेल्धुरामा चक्का जाम र बजार बन्दजस्ता विरोध प्रदर्शन भएका थिए। त्यसपछिको दबाबमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। सोही समितिको सिफारिसमा प्रहरी निरीक्षक नाथ पक्राउ परेका हुन् ।
मृतकका आफन्तहरूले नाथले बारम्बार फोन गरी रकम माग्ने गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण