पूर्वराष्ट्रपति दलको राजनीतिमा फर्किनु अप्रजातान्त्रिक र पदलोलुपताको विषय हो : कांग्रेस नेता भट्टराई
सारांश
- कांग्रेस नेता गोविन्द भट्टराईले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा फर्किन नहुने बताए।
- उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्किने कुरालाई अप्रजातान्त्रिक र पदलोलुपताको विषय भने।
- उनले देशको अस्थिरताको कारक निर्वाचन प्रणाली रहेको र कांग्रेसको १५औं महाधिवेशन विधानअनुसार हुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई नेपालको संविधानको स्पिरिटअनुसार पूर्व राष्ट्रपतिहरु सक्रिय राजनीतिमा फर्किएर दलको सङ्कीर्ण घेराभित्र बस्न नहुने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको प्रमुख, राष्ट्रको अध्यक्ष, संविधानको संरक्षक, नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति दलको राजनीतिमा फर्किन नहुने बताएका हुन् ।
उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किएको विषयलाई ‘भयानक अप्रजातान्त्रिक र पदलोलुपताको विषय’ भनेका छन् । ‘पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने कुरा अहिले गम्भीर रूपमा विषय उठेको छ । हाम्रो संविधान कम्युनिस्ट सत्ताको प्रतिनिधित्व गर्ने संविधान होइन,’ उनले भने-‘यो बहुदलीय र डेमोक्रेटिक तरिकाले निर्माण गरिएको हुनाले यो संविधानअन्तर्गत राष्ट्रको प्रमुख, राष्ट्रको अध्यक्ष, संविधानको संरक्षक दलहरूकै सिफारिसमा भए पनि प्रधानमन्त्रीसमेतको नियुक्ति गर्ने मानिस, दलको सदस्यता पनि त्यागेर देशको सर्वोच्च पदमा आसीन भएको मानिस चाहिँ फेरि दलको सदस्यता खोज्दै राजनीतिमा फर्किने कुरा हाम्रो संविधानको स्पिरिट हो भन्ने चाहिँ मलाई लाग्दैन । यो भयानक अप्रजातान्त्रिक र पदलोलुपताको विषय हो भन्ने मैले बुझ्छु ।’
साथै उनले अहिले देशको अस्थिरताको प्रमुख कारक संविधानमा रहेको निर्वाचन प्रणाली रहेको बताए । निर्वाचन प्रणालीमा संशोधन गरेर स्थिर सरकार बन्ने बाटोतर्फ देशलाई नलगेसम्म सरकारहरू अदल–बदल भइरहने र दलभित्र पनि चलखेल चलिरहने बताए ।
फरक प्रसङ्गमा उनले कांग्रेसको १५ औँ महाधिवेशन विधानले दिएको अवधिभित्रै हुने बताए । ढिलोमा २०८३ मङ्सिरभित्र कांग्रेसको १५ औँ महाधिवेशन हुने उनको दाबी छ । महाधिवेशन गराउने कुरामा कसैले आलटाल गर्न नहुने र त्यो छुट कसैलाई पनि नरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण