कांग्रेस थोत्रो भयो भन्ने नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पुरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सोमबार नेपाली कांग्रेसको मुख्य चुनौती भनेकै पुरानो र थोत्रो खराब हो र मूल्यहीन हो भन्ने कुरालाई चिर्नु रहेको बताएका हुन् ।
समाजमा स्थापित गर्न खोजिएको कांग्रेस पुरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको बताए । कांग्रेस पुरानो हुनुमा आफूलाई गर्व रहेको उनको भनाई छ ।
महामन्त्री थापाले भने, ‘आज नेपाली कांग्रेस अगाडिको प्रश्न, चुनौती भनेकै के छ भने पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो भनेको सबैभन्दा मूल्यहीन भन्ने ढङ्गबाट समाजमा जबरजस्त जुन नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ । त्यसबाट नेपाली कांग्रेस बाहिर निस्किएर आउनुपर्नेछ । हामीलाई पुरानो भएकोमा गौरव छ । हामीलाई आफ्ना धेरै परम्पराहरूमा गौरव छ । यो मुलुकमा, यो धर्तीमा त्यही पुरानो नेपाली काँग्रेसले थुप्रै कुरा ल्याएको छ, योगदान गरेको छ, हाम्रो नेतृत्वमा भएको छ ।’
उनले थपे, तर हामी सँगसँगै नयाँ जमानाको, नयाँ समाजका कुरालाई सिक्न पनि तयार छौँ । सुन्न पनि तयार छौँ । ग्रहण गर्न पनि तयार छौँ । आफूलाई नयाँ कुराको लागि तयार हुन पनि तयार छौँ । पुराना जुन राम्रा कुरा छन् त्यसलाई जोगाउँछौँ, नयाँ कुरा थप्दै जान्छौँ । नयाँ ज्ञानको खोजी गर्दछौँ, नयाँ नयाँ ढङ्गले विवेचना, मीमांसा गर्दछौँ । आजको समाजको समाधानलाई इतिहासको चेत राखेर पुरानो कुराबाट पनि हेर्छौँ, २००७, २०४६, २०६२ को चर्चा गर्दछौँ, त्यो आन्दोलनको चस्माले पनि हेर्दछौँ । सँगै आजको समाजलाई आजकै युगको चेतनाका आधारमा बुझ्ने प्रयास गर्दछौँ र भोलिका निम्ति बाटो देखाउने प्रयास गर्दछौँ भन्ने कांग्रेस बनाउनुपर्छ ।’
महामन्त्री थापाले काँग्रेसमा थप बहस, थप छलफल, पठनपाठनको संस्कृति आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण