बीमालेख नवीकरणलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमालेख नवीकरणलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरेको छ । ‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ अनुसार अबदेखि नियमित रूपमा बीमा नवीकरण गर्ने सदस्यले छुट पाउनेछन् भने ढिलाइ गर्नेले जरिवाना तिर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी विकेस मल्लले नयाँ व्यवस्था नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा निरन्तर आबद्ध रहन प्रोत्साहित गर्न र कार्यक्रमलाई दिगो बनाउन ल्याइएको बताए ।
नियमित नवीकरण गर्नेलाई यस्तो छ सुविधा:
कार्यविधि अनुसार नियमित रूपमा बीमा नवीकरण गर्ने सदस्यहरूलाई सेवा लिँदा तिर्नुपर्ने सह–भुक्तानी रकममा आकर्षक छुटको व्यवस्था गरिएको छ ।
३ वर्षसम्म नियमित नवीकरण गर्नेलाई १० प्रतिशत छुट, ४ देखि ७ वर्षसम्म नियमित नवीकरण गर्नेलाई २० प्रतिशत छुट,७ वर्षभन्दा बढी नियमित नवीकरण गर्नेलाई ३० प्रतिशत छुट गरिएको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ उल्लेख छ ।
यस्तै, बीमालेखको म्याद सकिएपछि नवीकरण गर्नेका लागि भने जरिवानाको व्यवस्था गरिएको छ । जसले गर्दा अब म्याद गुजारेर नवीकरण गर्दा निकै महँगो पर्ने सूचना अधिकारी मल्लले बताए ।
म्याद सकिएको ३ महिनाभित्रः योगदान रकममा १० प्रतिशत थप शुल्क लाग्नेछ । यस्तै, म्याद सकिएको ६ महिनाभित्र ३० प्रतिशत थप शुल्क लाग्नेछ ।
एक वर्षभित्र ५० प्रतिशत थप शुल्क लाग्ने छ । १ वर्षपछि त शतप्रतिशत (दोब्बर) रकम लाग्ने कार्यविधिका उल्लेख छ । अझै ३ वर्षभन्दा बढी ढिला भएमा योगदान रकमको चार गुणासम्म जरिवाना लाग्नेछ ।
नवीकरण प्रक्रिया
बोर्डले बीमालेखको म्याद सकिनुभन्दा एक महिनाअघि नै नागरिकलाई सूचना दिने कार्यविधिमा उल्लेख गरिएको छ । सदस्यहरूले दर्ता सहयोगीमार्फत वा विद्युतीय प्रणालीबाट म्याद सकिनु एक महिना अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने हुन्छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण