सिराहा कारागार झडपबारे प्रतिवेदन तयार
सिराहा । जिल्ला कारागार सिराहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा कारागार प्रशासनले विस्तृत अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।
कारागार प्रमुख सुवोध महतोले झडपको कारण, घटनास्थलको विवरण, कैदीबन्दीको संलग्नतालगायत पक्ष समेटिएको प्रतिवेदन तयार पारिएको बताए ।
उनले प्रतिवेदन तयार भएको र मङ्गलबार जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन बुझाएपछि आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढ्ने बताए ।
कारागारभित्र ‘मुख्य नाइके’ को विषयमा भएको विवाद भएको र सोही कारण देखाउँदै उत्पन्न झडपमा १३ जना कैदीबन्दी घाइते भएका थिए ।
जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख चेतराज बरालले कारागारबाट प्राप्त प्रतिवेदनको आधारमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए ।
उनले भने,“कारागारले प्रतिवेदन दिएपछि प्रहरीले विस्तृत रूपमा अनुसन्धान गर्नेछ, त्यसपछि सत्य तथ्यका आधारमा कानुनी कारबाही अघि बढ्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण