फिल्म ‘आ बाट आमा’मा पल र सिमरन जोडी
सारांश
- सिमरन पन्त 'आ बाट आमा' फिल्ममा अभिनेत्रीको रूपमा अनुबन्धित भएकी छिन् र पल शाहसँग देखिनेछिन्।
- यसअघि बिपना थापा र प्रदीप रावत पनि फिल्ममा जोडिएका छन्, जसमा रावतले पल शाहको बुबाको भूमिका निर्वाह गर्नेछन्।
- 'आ बाट आमा' आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा बन्नेछ, भदौमा छायाङ्कन सुरु हुनेछ र फागुन १५ गते प्रदर्शन हुनेछ।
काठमाडौँ । चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आ बाट आमा’ मा अभिनेत्रीको रूपमा सिमरन पन्त अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई फिल्मको मुख्य भूमिकामा भित्र्याएको हो । फिल्ममा उनी अभिनेता पल शाहसँग जोडीको रूपमा देखिने निर्माण युनिटले जनाएको छ ।
सिमरनले यसअघि फिल्म ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन् । ‘आ बाट आमा’ उनको दोस्रो फिल्म हो ।
फिल्ममा यसअघि नै अभिनेत्री बिपना थापा, साथै तेलुगु, हिन्दी र तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन् । अभिनेता रावत यसअघि चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’ मा देखिएका थिए, जहाँ उनले अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिकामा अभिनय गरेका थिए । नयाँ फिल्ममा उनले पल शाहको बुबाको भूमिका निर्वाह गर्नेछन्।
निर्देशक पन्तले यसअघि ‘माई’ र ‘ह्रस्वदीर्घ’ निर्देशन गरिसकेका छन् । आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म आउँदो भदौबाट छायाङ्कनमा जाने तयारीमा छ ।
फिल्मको थिम पोस्टर एक महिना अघि सार्वजनिक भइसकेको छ भने निर्देशक पन्तका अनुसार फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने तय भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण