शशांकको दाबीः पूर्व-पश्चिम राजमार्गको कल्पना बीपीको हो
मङ्गलबार, ०६ साउन २०८२, ११ : ०३
सारांश
- सांसद डा. शशांक कोइरालाले बीपी कोइरालाले पूर्व-पश्चिम राजमार्गको कल्पना गरेको बताए।
- उनले राजा महेन्द्रले राजमार्ग बनाए पनि कल्पना बीपीको रहेको र देशमा अझै परिवर्तन आवश्यक रहेको बताए।
- कोइरालाले बीपीले देशका लागि धेरै काम गरेको र जनताको सेवा गरेको दाबी गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पूर्व—पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोइरालाले गरेको बताएका छन् । बीपी संग्रहालय सुन्दरीजलमा मंगलवार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजा महेन्द्रले राजमार्गको निर्माण गरे पनि कल्पना बीपीको रहेको बताए । अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको उनले बताए । नेपालमा जनताको सेवाको लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी भएको दाबी गर्दै देशको लागि बीपीले जति काम अरु कसैले पनि गर्न नसकेको बताए ।
सांसद कोइरालाले विकासका लागि बीपी कोइरालाले धेरै काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण