३८ दिनसम्म भारतमै रोकिएको बेलायती लडाकु विमान फर्कियो
मङ्गलबार, ०६ साउन २०८२, १४ : ५८
नयाँ दिल्ली । भारतमा रोकिएको बेलायती लडाकु विमान अन्ततः ३८ दिनपछि स्वदेश फर्किएको छ । बेलायती नौसेनाको लडाकु विमान एफ–३५बीले मंगलबार ३८ दिनपछि केरलको निरुवन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको हो ।
हाइड्रोलिक फेल भएका कारण यो विमानले उडान भर्न सकेको थिएन । २५ इन्जिनियरको समूह ६ जुलाईमा यो विमान मर्मतका लागि बेलायतबाट भारत आइपुगेका थिए ।
समुद्रमा नियमित अभ्यासका क्रममा यो विमान १४ जुनको राति अरब सागरमा नियमित उडान भर्दै गर्दा कम इन्धन र खराब मौसमका कारण केरलको तिरुवन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गरेको थियो । अवतरणपछि प्राविधिक समस्या आएका कारण यो विमान फर्किन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण