संसद् बैठक
बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदकाे प्रश्नोत्तर
मङ्गलबार, ०६ साउन २०८२, १७ : ३९
काठमाडौँ । भाेलि(बुधबार) बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ । ‘सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम माननीय सदस्यहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने,’ सम्भावित कार्यसूचीको दुई नम्बरमा लेखिएको छ ।
बैठक दिउँसाे १ बजेका लागि बोलाइएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण