वस्तुमा रिलेवलिङ गरेको पाइएपछि सुभाष ट्रेडर्सलाई तीन लाख रुपैयाँ जरिवाना
मङ्गलबार, ०६ साउन २०८२, १७ : ५३
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई साढे ३ लाख रुपैयाँ जरिवाना गरेको छ । मंगलबार बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत काम गर्ने उक्त फर्मलाई कारबाही गरेको हो ।
यसमध्ये वस्तुमा रिलेवलिङ गरेको तथा गुणस्तर,नापतौल हेरफेर गरेको पाइएपछि काठमाडौँ–३२ मा रहेको सुभाष ट्रेडर्स प्रालिलाई ३ लाख रुपैयाँ जरिबाना गरेको छ । साथै उक्त फर्मलाई वस्तुको बिक्री वितरणमा रोक लगाई व्यवसायसँग सम्बन्धित कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
त्यसैगरी, काठमाडौँ–२८ मा रहेको द लोटस इन्टरनेशनल एजुकेशन फाउण्डेशन प्रालिले इजाजत नलिई सञ्चालन गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
साथै ३ वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन र ५ वटा फर्मलाई सामान्य निर्देशन दिइएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण