महेशपुर भन्सारबाट १६ करोड राजस्व सङ्कलन
सारांश
- महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु १६ करोड ६६ हजार राजस्व सङ्कलन गरेको छ।
- कार्यालयले सोही आवमा रु १५ करोड ४६ लाख ९१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो।
- भन्सार महसुल, कृषि सुधार शुल्क, र मूल्य अभिवृद्धिकरलगायत विभिन्न शीर्षकमा राजस्व सङ्कलन भएको छ।
नवलपरासी । बर्दघाट सुस्तापश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–८२ मा रु १६ करोड ६६ हजार राजस्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार आव २०८१–८२ मा रु १५ करोड ४६ लाख ९१ हजार राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेको थियो ।
भन्सार महसुल आयाततर्फ रु १० करोड २० लाख ५८ हजार, कृषि सुधार शुल्कतर्फ रु १४ लाख ७३ हजार, भन्सारसम्बन्धी अन्य आय (पैठारी भन्सार सेवा दस्तुर)तर्फ रु पाँच लाख ४८ हजार, अग्रिम आयकर रु २७ हजार र मूल्य अभिवृद्धिकर रु चार करोड ८३ लाख आठ हजार सङ्कलन भएको छ ।
यसैगरी अन्तःशुल्क रु ४८ लाख ६२ हजार, सडक मर्मत तथा सुधार दस्तुर रु पाँच लाख १२ हजार, हरित कर रु ११ लाख ३५ हजार, अन्य कर तथा शुल्क (अन्य प्रशासनिक सेवातर्फ) रु ११ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख उपाध्यायका अनुसार २०७५ असोज ७ गते महेशपुर छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्थापना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण