बुधबार यी नदीको बहाव बढ्न सक्ने, आकस्मिक बाढीको जोखिम
सारांश
- देशभर मनसुनी वायुको प्रभाव रहेको छ र न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।
- कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली र अन्य प्रदेशमा आंशिक बदली रहेको छ।
- बुधबार ताप्लेजुङ, तेह्रथुम लगायतका जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
यसले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक ( दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।
बुधबार ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
साथै साथै इलाम, झापा, पाँचथर, धनकुटा, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुङ्गा, नुवाकोट, धादिङ रसुवा, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, स्याङ्जा, गोरखा, जाजरकोट, दैलेख, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, गुल्मी र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध छ : रुबियो
-
निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
-
‘हन्टर’ असोज ९ गतेदेखि प्रदर्शन हुने
-
ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण