आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

‘सुम्निमा’मा उपासनाको जोडी अनुप कि कुन्साङ ?

बुधबार, ०७ साउन २०८२, १२ : ३१
बुधबार, ०७ साउन २०८२

सारांश

  • मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म 'सुम्निमा'मा अनुप विक्रम शाही मुख्य भूमिकामा छन्।
  • यसअघि उपासनासिंह ठकुरी र कुन्साङ बमजन फिल्मको मुख्य भूमिकाको लागि छनोट भएका थिए।
  • 'सुम्निमा' अनुप र निर्देशक चाम्सको चौथो सहकार्य हो, जसको छायांकन अगस्टमा लन्डन र नेपालमा हुनेछ।

काठमाडौँ । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म हो ‘सुम्निमा’ । प्रेमकथामा बन्न लागेको फिल्ममा मुख्य अभिनेताको रूपमा अनुप विक्रम शाही भित्रिएका छन् । निर्माण युनिटले उनलाई फिल्मको मुख्य भुमिकामा भित्र्याएको हो ।

फिल्मको मुख्य भूमिकामा यसअघि अभिनेत्री उपासनासिंह ठकुरी र अभिनेता कुन्साङ बमजन छानिएका थिए । उपासना अनुप कि कुन्साङ कसको जोडी बन्ने हो, त्यो अहिले खुलाइएको छैन । 

अनुपले यस फिल्म मार्फत निर्देशक चाम्ससँग चौथोपटक काम गर्न लागेका हुन् । चाम्सको ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ फिल्म यसअघि उनले अभिनय गरेका थिए ।  अनुपविक्रम शाहीका अनुसार ‘सुम्निमा’ मा उनले अहिलेसम्मको करिअरमा नपाएको भूमिका पाएका छन् । त्यसैले पनि उनी यो फिल्ममा लोभिएका हुन् । 

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो फिल्म विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले बताए । फिल्मको अन्य कलाकार तथा प्राविधिक टोलीको चयनको जारी छ । राजीव थापाको लेखन रहेन फिल्म अगस्टबाट लन्डन र नेपालमा छायाङ्कन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप