भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ८७ हजार पाँच सय पाँच घरधुरी प्रभावित : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ८७ हजार पाँच सय पाँच घरधुरी प्रभावित भएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम’मा ओलीले प्रभावितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले रकम समेत उपलब्ध गराइसकेको जानकारी दिए ।
कांग्रेस सांसद मैना कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ८७ हजार पाँच सय पाँच घरधुरी विस्तृत क्षति आकलन सम्पन्न भइसकेको छ। प्रभावित जिल्लाहरूमा अस्थायी आवास निर्माणका लागि रु ३ अर्ब ९५ करोड ६५ लाख ५० हजार रकम उपलब्ध गराई सकिएको छ।’
प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा सरकारले छुट्टै कार्यालय स्थापना गरी पुनर्स्थापन एवम्पुनःनिर्माण कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण