सारथी केवल इन्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडले सारथी केवल इन्डष्ट्रिजको प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ)को बिक्री प्रबन्धकको काम गर्ने भएको छ । बुधबार दुई कम्पनीबिच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौँको होटल मेरियटमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा सारथी केबल इन्डष्ट्रिजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ भित्रमा आफ्नो जारी पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ । यस सेयर निष्कासनबाट आम नेपाली नागरिकले नेपालमै सम्भावनायुक्त तथा भविष्यमुखी उद्योगमा लगानी गर्ने अवसर पाउने कम्पनीको दाबी छ ।
आईपीओबाट उठ्ने पूँजी प्रयोग गरी कम्पनीले नेपालमै पहिलो पटक भूमिगत केवल उत्पादन सुरु गर्ने तयारी गरेको छ । त्यस्तै, अत्याधुनिक प्रविधिसहित आल्युमिनियम पगाल्ने कारखाना (फर्नेन्स प्लान्ट) जडान गर्ने योजना रहेको छ ।
सारथी केवल इन्डष्ट्रीज लिमिटेड विगत १८ वर्षदेखि केवल तथा तार उत्पादनमा क्रियाशील रहँदै आएको छ। कम्पनी मल्टि–स्ट्रान्ड केवल, पावर केवल, कन्सेन्ट्रिक केवल र एसीएसआर कन्डक्टर जस्ता सामग्री उत्पादन गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष भुसालले भने, ‘यो सम्झौता नेपालको विद्युतीय पूर्वाधारलाई आधुनिकीकरणतर्फ अग्रसर गराउने हाम्रो अभियानमा एउटा महत्त्वपूर्ण मोड हो । भूमिगत केवल उत्पादनको विस्तार — जुन नेपालमै पहिलोपटक हुन गइरहेको छ — हामीले राष्ट्रिय आवश्यकता पूरा गर्न आन्तरिक समाधानको बाटो समातेका छौँ ।’
त्यस्तै, सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले यस सहकार्यलाई गौरवको विषय भन्दै भने, ‘यस परियोजनाले नेपालको केवल उत्पादन क्षमतामा उल्लेखनीय योगदान दिनेछ र लगानीकर्ताहरूका लागि पनि सुनौलो अवसर हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण