करेन्ट लागेर कामदारको मृत्यु
बुधबार, ०७ साउन २०८२, २१ : ४५
सारांश
- सुनसरीको इनरुवामा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ।
- मृत्यु हुनेमा बर्जुका नन्दकुमार चौधरी रहेका छन्, जो घर निर्माणमा काम गर्थे।
- घटनामा अर्का कामदार गम्भीर घाइते भएका छन् र थप अनुसन्धान भइरहेको छ।
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–३ मा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीका ४० वर्षीय नन्दकुमार चौधरी रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक योगराज खतिडाले जानकारी दिए ।
माथिल्लो तलामा रड काट्ने क्रममा हाइटेन्सन लाइनमा रडले छोएर नन्दकुमार चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अर्का कामदार श्रवण चौधरी गम्भीर घाइते भएका छन् ।
श्रवणलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरीले जनाएको छ । घर निर्माणमा १२ जनाको समूहले काम गर्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण