सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

चीनबाट आयात सामग्रीको भन्सार प्रक्रिया पुनः सञ्चालन

बुधबार, ०७ साउन २०८२, २२ : २३
बुधबार, ०७ साउन २०८२

सारांश

  • ल्हेंदेखोलाको बाढीले भन्सार यार्ड र सडकमा क्षति पुर्याएपछि १३ दिनपछि भन्सार प्रक्रिया पुनः सुरु भएको छ।
  • बाढीले क्षति पुर्याएका मालवाहक ट्रक र कन्टेनरलाई सुरक्षित स्थानमा सारिएको छ, र सडक खुलेपछि ती काठमाडौं पठाइएका छन्।
  • भन्सार जाँचपास भएका मालसामानमध्ये केही नेपालका जलविद्युत् आयोजनाका लागि थिए।

रसुवा । ल्हेन्देखोलाको बाढीका असरले भन्सार यार्ड र सडकमार्गमा क्षति पुर्याएपछि १३ दिनसम्म रोकिएको भन्सार प्रक्रिया पुनःसञ्चालनमा आएको छ । भन्सार यार्डमा पार्किङ गरेर राखेका अधिकांश मालवाहक ट्रक तथा कन्टेनरलाई गत असार २४ गतेको बाढीले बगाउनुका साथै क्षति पुगेर जोगिएका माल सामान पल्टी गराई सुरक्षित ठाउँमा राखिएको र सडक सञ्चालन भएसँगै  भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले बताए ।

स्थानीय प्रशासनको पहलमा टिमुरेदेखि स्याफ्रुबेँसीसम्म क्षति भएको सडक मर्मत सुधार भएसँगै भन्सार प्रक्रिया पूरा गरेका ३४ वटा मालवाहक ट्रक तथा कन्टेनर एवं १९ वटा विद्युतीयकार काठमाडौँतर्फ पठाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार भने गत आवमा जाँचपास भइसकेका र चालकको अभावमा जाँचपास भए पनि भन्सार हातामै राखिएको थियो । आयातकर्ताले ढिलोगरी लाने गरेका कारण बाढीको चपेटामा परेको बताइएको छ । भन्सार जाँचपास भएका माल सामानमध्ये केही नेपालका विभिन्न भागमा निर्माणाधीन जलविद्युत् आयोजनाका भएको भन्सार कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप