कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजामती कर्मचारी सङ्गठनको माग
सारांश
- नेकपा एमाले निकट कर्मचारी सङ्गठनले निजामती सेवामा सबै कर्मचारीलाई समावेश गर्न माग गरेको छ।
- सङ्गठनले ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न र संघीय निजामती सेवा विधेयकमा माग गरेको छ।
- सङ्गठनले शहीद स्मृति दिवस २०८२ मा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।
काठमाडौँ । नेकपा एमाले निकट नेपाल कर्मचारी सङ्गठनले संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरूलाई निजामती सेवामा समावेश गर्न माग गरेको छ । शहीद स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रमहरूको जानकारी दिन बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्गठनले उक्त माग गरेको हो ।
कार्यालय सहयोगीबाहेक अन्य पदहरुमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गरिनुपर्ने सङ्गठनको माग छ । पत्रकार सम्मेलनमा बोल्दै सङ्गठनका प्रवक्ता रामचन्द्र अधिकारीले संघीय निजामती सेवा विधेयकमार्फत कर्मचारीको तह र श्रेणी समायोजन, निवृत्तिभरण, करार सेवामा कार्यरत कर्मचारीहरुको स्थायित्व लगायतका मागहरू सम्बोधन गरिनुपर्ने बताए ।
उनले विधेयकमार्फत कर्मचारीको हक र अधिकार सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको पनि बताए । साथै सङ्गठनले सहिद स्मृति दिवस २०८२ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने जनाएको छ ।
२०४८ सालको ५६ दिने आन्दोलनका क्रममा शहीद भएकाहरूको स्मरणमा ‘शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस’ मनाइने प्रवक्ता अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण