मण्डलामा ‘स्वर्णदेश’ मञ्चन हुँदै
काठमाडौँ । थापागाउँस्थित मण्डला थियटरमा शुक्रबारदेखि नाटक ‘स्वर्णदेशः द ड्रिमल्यान्ड अफ मिल्क एन्ड ग्रेभ्स’ मञ्चन हुने भएको छ ।
थिएटरले नाटकको पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।
सरिता कठायतको कथा रहेको नाटकका निर्देशक आकाश नेपाली हुन् । योलो इन्टरटेनमेन्टले शुभकाशासँगको सहकार्यमा नाटक निर्माणमा गरेको हो । प्रेम, आत्मीयता, सपना र निराशाका गहिरा भावनाहरूको विषय झल्काउने नाटकमा सुजन खतिवडा, सुज्यान सिलवाल, सन्तोष गिरी, भूपि लुहार, जर्निको ‘निक’ कल्मर, सन्देश कार्की, परितोषिका पन्त, उज्वल बान्तवा राई, चिराग पनेरु, आरति गौतम, अनिल कुर्मी र आदित्य मिश्रको अभिनय देख्न पाइनेछ ।
परितोषिका गायिका अञ्जु पन्तकी छोरी हुन् । उनको यो दोस्रो नाटक हो । यसअघि उनले मण्डलमामै मञ्चन भएको 'राधा'मा अभिनय गरेकी थिइन् ।
नाटक साउन २५ सम्म नियमित सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका ६ः४५ बजे र शनिबार दिउँसो ३ः३० बजेको अतिरिक्त शो मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण