चार वटा बालसुधार गृह सरकारले नै सञ्चालन गर्ने
सारांश
- सरकारले गैरसरकारी संस्थाद्वारा सञ्चालित चार बाल सुधार गृह आफैँले सञ्चालन गर्ने भएको छ।
- सडक बालबालिका मुक्त अभियानका लागि निर्देशिका स्वीकृत भएको र नेपाल घोषणाको अन्तिम चरणमा छ।
- एक वर्षमा ७१ बालबालिका स्वदेश फिर्ता र ५९१ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
काठमाडौँ । गैरसरकारी संस्थाद्वारा सञ्चालित विभिन्न चार वटा बाल सुधार गृहलाई नेपाल सरकारले नै सञ्चालन गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले आफ्नो कार्यकालको पछिल्लो एक वर्षमा भएका काम कारबाहीका बारे जानकारी दिन बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै युसेप गैरसरकारी संस्थाद्वारा सञ्चालित भक्तपुर, कास्की, मोरङ र बाँकेका बाल सुधार गृहलाई चालू आर्थिक वर्षमा सरकारले नै सञ्चालन गर्ने व्यवस्था भएको जानकारी दिए ।
उनले सडक बालबालिका मुक्त अभियान सञ्चालनका लागि विशेष संरक्षण निर्देशिका, २०८२ स्वीकृत भएको र सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको बताए ।
एक वर्षको अवधिमा भारतका विभिन्न स्थानमा बेवारिस फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायतका ७१ जना बालबालिकालाई स्वदेश फिर्ता गराइएको, जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई संशोधन गर्न प्रतिनिधिसभामा विधेयक दर्ता गरिएको मन्त्री सुडीले जानकारी दिए ।
त्यस्तै गत आर्थिक वर्षमा मन्त्रालयको कुल बजेटमध्ये ६५ करोड ३६ लाख ७७ हजार खर्च भई जम्मा ५० दशमलव १६ प्रतिशत वित्तीय प्रगति हासिल भएको मन्त्री सुडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण