मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानुनी संरचना आवश्यक : सांसद शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानुनी संरचना आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले प्रविधिको दुरुपयोग गर्दै मानव बेचबिखनलाई सहज बनाउने प्रवृत्ति बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शर्माले मानव तस्करी नयाँ रूप र प्रविधिबाट सञ्चालित हुने गरेको उल्लेख गर्दै सोही आधारमा विधेयकलाई समृद्ध बनाउन जरुरी रहेको बताए ।
सीमापार तथा प्रलोभनका भरमा तथा अनावश्यक आशा देखाएर मानव बेचबिखन बढिरहेको उल्लेख गरे ।
उनले भने,‘प्रविधिको दुरुपयोग गरेर आज मानव बेचबिखनलाई सहज बनाउने कुचेष्टा भइरहेको छ । यसलाई नियन्त्रण कसरी गर्ने मुख्य चुनौती हो । अहिले मुख्यतः दुई किसिमले मानव बेचबिखन भइरहेको छ । एउटा अवैध तरिकाले सीमापार तथा प्रलोभनमा पारेर तथा अनावश्यक आशाहरू देखाएर विदेशमा पठाउने गरिएको छ । भिजिट भिसा प्रकरण यसकै उदाहरण हो । अहिले रोजगारीको लागि खाडी मुलुकमा पुगेका महिलाहरू अहिले ठुलो प्रताडना खेपिरहनु भएको छ । यी सबै समस्याको निराकरण गर्ने गरी यो विधेयक ल्याउनुपर्छ । अहिले नेपाली नागरिकहरू पाइला पाइलामा बेचिएका छन् । यस्तो अवस्थालाई सुधार गर्नको लागि हाम्रो कानुनलाई बलियो बनाउन जरुरी छ ।’
सरकारले मानवीय सुरक्षा र गरिमाका लागि प्रभावकारी कानुन निर्माण गरेर प्रविधियुक्त मानव तस्करी नियन्त्रण गर्न ढिलाइ गर्न नहुनेमा सांसद शर्माले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण